बाल विवाह गरेका आमाबाट जन्मिएका बालबालिकाहरूमा कुपोषणको समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्वारा सञ्चालित पोषण पुनरस्थापना गृहमा आएका अधिकांश कुपोषित बालबालिकाका आमाहरूले बाल विवाह गरेको र बाल अवस्थामा आमा बनेकाहरूको सङ्ख्या बढी रहेको छ ।
पोषण पुनरस्थापना गृहमा लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, प्यूठान, दाङ्ग, रोप्पा, रुपन्देही र गण्डकी प्रदेशको स्याङ्गजाका ६ महिनादेखि ५ वर्षमनीका बालबालिकाहरुले सेवा लिइरहेका छन् ।
१० जनाको क्षमता भएको पोषण पुनरस्थापना गृहमा अहिले आठ जना बालबालिकाले सेवा लिइरहेका छन् । २०७० वैशाखदेखि सुरू भएको गृहमा अहिलेसम्म ८ सय ८४ जनाले सेवा लिएको नर्स बुद्धिमाया सुनारले बताउनु भयो ।
पोषण पुनरस्थापना गृहमा सेवा दिनका लागि नसिंङ्ग स्टाफ तीन जना, पोषण अधिकृत एक जना,कार्यालय सहयोगी दुई जना,कुक एक जना र सफाईकर्मी एक जना गरी जम्मा आठ जनाले सेवा दिइ रहनुभएको छ । एक जना नसिङ्ग स्टाफको दरबन्दी रिक्त रहेकाले काम गर्न समस्या भएको, विसुनारले बताउनु भयो ।
तौलिहवा नपा–७ खोइरिया कपिलवस्तुकी शान्ता यादव २० वर्षकी हुनुभयो । १५ वर्षमा विवाह गरेकी शान्ताका चार वर्षका छोरा छन् । ज्वरो आउने, खाना खान नमान्ने र हिडडुल गर्न नसक्ने भएपछि कात्तिको अन्तिम साता शान्ताले छोरालाई उपचारका लागि तौलिहवाकै स्वास्थ्य संस्थामा लग्नु भयो बच्चालाई कुपोषण भएको भन्दै स्वास्थ्य संस्थाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गर्यो ।
“चार वर्षका छोराको तौल ६ किलो ४ सय ग्राम थियो डाक्टरले गम्भीर खालको कुपोषण भएको भन्दै बच्चालाई भर्ना गरेर उपचार गर्नुपर्छ केही समय उपचारसँगै पोषणयुक्त खानाको व्यवस्थापन गरी खुवाएर हेर्नुपर्छ भन्ने सल्लाह दिनुभयो अहिले एक महिना भयो छोराको तौल नौ किलो दुइसय ग्राम भएको छ ।” शान्ताले भन्नु भयो ।
शान्ता मात्र होइन शान्ता जस्तै समस्या लिएर अस्पताल आउनेमा रोल्पा जिल्ला माडी गाउँपालिका–५ भावाङ हरिता बाठा मगरको अवस्था पनि उस्तै छ । १८ वर्षको उमेरमा विवाह गरेकी बाठामगरका छोरा तीन वर्षका भए । बेला वेला ज्वरो आउने, पखाला लाग्ने, रुघाखोकी लाग्ने समस्या भएपछि नजिकैको स्वास्थ्य संस्था