INSEC Online

📅 २०८३ जेष्ठ २२

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षले कञ्चन गाउँपालिका–५ वडा कार्यालयमा पुस २ गते वडाअध्यक्षको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ ।

वडा अध्यक्षको  कार्यकक्षका दुई २ वटा झ्यालको सिसा पूर्णरुपमा फुटेको इलाका प्रहरी कार्यालय रुद्रपुरका इन्स्पेक्टर राजाराम यादवले बताउनु भयो ।

दुई वटा मोटरसाइकलमा आएका युवाहरूले वडाअध्यक्ष ५१ वर्षीय कुलप्रसाद पौडेललाई भौतिक कारबाही गर्ने भन्दै गाली गलौज गरी पौडेलको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

स्थानीय पदमबहादुर थापाका अनुसार मध्यरातमा हल्ला गर्दै आएको समूहले वडा अध्यक्ष कुलप्रसाद पौडेल विरूद्ध नाराबाजी समेत गरेका थिए ।

घटनाको विषयमा पौडेलले पुस ३ गते आरोपितको खोजी गरी कारबाहीको माग गर्दे  इलाका प्रहरी कार्यालय रुद्रपुरमा  उजुरी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर राजाराम यादवले बताउनु भयो ।

अन्य

भिडियो