१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँसगढी गाउँपालिका–६ दाङपुर दमौलीका ४८ वर्षीय मेघराज अधिकारी विरूद्ध इलाका प्रहरी कार्यालय मोतिपुरमा पुस २ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले पुस १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध उजुरी दिएका हुन ।
घटना लगत्तै प्रहरीलाई खबर गरे पछि पुस १ गते राति नै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १ गते बर्दिया अस्पताल गुरियामा गरिएको थियो ।