इन्सेक र युरोपियन युनियनको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौती विषयक पुस ४ गते नेपालगञ्जमा सम्पन्न प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार रक्षकहरूको मानव अधिकार सङ्रक्षणमा ठुलो भूूमिका रहेको बताउनु भयो ।
संयोजक महतले मानव अधिकार रक्षकको हक हित र सङ्रक्षणकालागि मानव अधिकार रक्षक ऐन २०७८ मस्यौदा प्रदेश सरकारलाई बुझाएको बताउनु भयो ।
इन्सेक केन्द्रिय कार्यालयका कृष्ण गौतमले कार्यक्रमको सहजीकरण गर्दै मानव अधिकारको सङ्रक्षण, प्रवद्र्धन र मानव अधिकार अभियानमा स्वः स्फुर्तरूममा मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति मानव अधिकार रक्षक भएको बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश ,सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका मानव अधिकार रक्षकहरूको सहभागीता रहेको छ ।
