INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स चालक कुटपिट घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–३ का ३७ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियालाई मङ्सिर २३ गते कुटपिट गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका–३ का ३७ वर्षीय अजय कामतलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई आरोपित कामतले मङ्सिर २२ गते मादक पदार्थ सेवन गरी कटहरी गाउँपालिका–२ स्थित नहरको छेउका बिनाकारण कुटपिट गरेको आरोपमा मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टिकाबहादुर कार्कीले बताउनु भयो ।

गर्भवती बिरामी महिला बोकेको सामुदायिक समाज उत्थान केन्द्रको को १ च ४०७९ नम्बरको एम्बुलेन्समा आरोपित कामतले तोडफोड गरेको पीडितको आरोप छ ।

तोडफोडबाट एम्बुलेन्सको अगाडि सिसा भएको भाग क्षतिग्रस्त हुँदा ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडित एम्बुलेन्स चालकको भनाइ छ ।

कुटपिटबाट आँखामा चोट लागेका एम्बुलेन्स चालक मुखियाको मङ्सिर २२ गते कोशी अस्पतालमा उपचार गरिएको छ ।

मानव अधिकार रक्षक सम्बन्धी घोषणपत्र सन् १९९८ ले एम्बुलेन्स चालकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।

अन्य

भिडियो