INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका– १ का २१ वर्षीय दिपेन्द्र विकलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी माधवराज खरेलले बताउनु भयो ।

पीडितलाई आरोपितले  घरमै आएर बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो