सिद्धार्थनगर नपा–१२ भैरहवाका रामजियावन मिश्रका १३ वर्षीय छोरा रुपक मिश्रको उपचारमा लापरबाही गरेको भन्दै पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् ।
मिश्रका अनुसार ०७८ असार २३ गते रुपक घरको छतबाट खसेर हातको कुहिना र नाडी भाँचिएको थियो । उपचारमा ६ लाख रुपयाँ खर्च गरेर पनि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार गरे ।
उक्त अस्पतलबाट भरपर्दो उपचार नपाएको भन्दै पीडित मिश्रले मङ्सिर २३ गते पत्रकार सम्मेलनको गरी छोराको भविष्य बिगारेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गरेका हुन् ।
दाहिने हात दुई ठाउँबाट भाँचिएका बालकको घटना भए लगत्तै स्थानीय र परिवारका सदस्य मिलेर उपचारका लागि भीम अस्पताल पुर्एका थिए । भीम अस्पतालले थप उपचारका लागि मेडिकल कलेज रेफर गरेको थियो । “मेडिकल कलेजमा १ वर्षसम्म उपचार चल्यो, डिस्चार्ज गरेपछि पनि बोलाएका बेला अस्पताल गयौं ।” रुपकका बाबुले भन्नुभयो “अन्तिम पटक फिजियो थेरापी गराउनु पर्छ भनेपछि त्यो पनि गरायौं । तर, हात ठीक भएन ।” बच्चाको उपचारमा खेलवाड गरियो । उहाँले भन्नु भयो ।
उपचार क्रममा चिकित्सकले शल्यक्रिया गरी हातमा रड राखेको उक्त रड साढे दुई महिनाअघि निकालिएको थियो । त्यसपछि फिजियो थेरापी गराउँदा समेत हात नमोडिने भएको छ ।
एकवर्ष उपचार गर्दा सुधार नभएपछि काठमाडौं स्थित बीएण्डबी अस्पताल पुरयाएको र “बीएण्डबीका डाक्टर बाबुकाजी श्रेष्ठले शल्यक्रिया गर्दा हड्डी सही ठाउँमा नराखेका कारण समस्या आएको बताएको ।” रामजियावन भन्नुभयो
छोराको उपचारको लागि पीडित परिवारले मेडिकल कलेजलाई ६ लाख रूपियाँ बुझाएको दाबी गर्दे काठमाडौंबाट फर्किएको एकसातापछि क्षतिपूर्ति माग्न मङ्सिर २२ गते मेडिकल कलेज पुगेको पीडितले बताउनुभयो ।
घटनाका विषयमा मेडिकल कलेज अस्पतालका प्रशासन संयोजक तेज केसीले अपरेशन पछि फिजियोथेरापी गर्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै भाँचिएको स्थानमा प्राकृतिक रुपमै हड्डी पलाएकोले यस्तो समस्या भएको बताउनुभयो ।