INSEC Online

📅 २०८३ जेष्ठ २२

७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 

मानव अधिकार सञ्जाल नेपालगञ्ज र इन्सेकलगायत सङ्घ संस्थाहरूको सयुक्त आयोजनामा सबैकालागि मर्यादा र स्वतन्त्र न्याय भन्ने मूल नाराका साथ ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २४ गते अर्थात १० डिसेम्बर सम्पन्न भएको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् डा.रत्नबहादुर बागचन्दले  मानव अधिकारको मर्म अझै बुझ्न र बुझाउन नसकेको अवस्था रहेको बताउनु भयो । जातीय, वर्गीय, धार्मिक, लिङ्गको आधारमा मानव अधिकारको उठान भयो भने भोलीका दिनमा  समस्या हुने भएकाले  मानव  अधिकारको परिभाषामा वर्ग, जात, महिला र पुरुषको अधिकार भन्ने अवस्थालाई हटाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेकका संयोजक भोला महतले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै  मानव अधिकारका क्षेत्रमा थुप्र्रै सवालको सुधार भएपनि धेरै सवालमा  अझै पहल आवस्यक रहेको बताउनु भयो ।

संयोजक महतले आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको प्रत्याभुतिकालागि समीक्षा गर्नु पर्ने धारणा राख्नु भयो ।

नेपालगञ्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्टले  मानव अधिकारको सङ्रक्षण, प्रवद्र्धन गर्ने राज्यको दायित्व भएको तथा राज्य राजनीतिक प्रतिनिधिले सञ्चालन गर्ने भएकाले बताउदै राजनीतिले मानव अधिकारको सवाललाई समेट्न नसकेको बताउनु भयो ।

जिल्ला प्रसाशन कार्यालय निमित्त प्रमुख हरिषचन्द शर्मा ले मानव अधिकार साझा सवाल भएको बताउदै  अधिकार  र  कर्तव्य केहो भन्ने कुरा बुझ्न जरूरी रहेको बताउनु भयो ।

यसैगरी, लैङ्गिक हिंसा विरूद्धको अन्तिम दिन जिल्लाका विभिन्न स्थानहरूमा दीप प्रज्वलनका साथै र्याली निकालिएको थियो ।

अन्य

भिडियो