INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड

सिमकोट गाउँपालिका–७ स्थित कर्णाली मावि चौगानफया अज्ञात पक्षद्वारा तोडफोड भएको छ । मङ्सिर २३ गते रातीको समय पारी विद्यालयमा रहेका भौतिक संरचना तोडफोड गरिएको सोही विद्यालयका प्रधानाध्यापक रामराज शाहीले बताउनु भएको छ ।

प्रधानाध्यापक शाहीका अनुसार विद्यालयको ढोका र झ्याल तोडफोड पश्चात कार्यालयमा रहेका एउटा ल्याप्टप, दुई ओटा दराज तोडफोड गरिनुका साथै कागजपत्रहरु च्यातिएको छ । विद्यालय तोडफोड भए पनि विद्यालयका कर्मचारी तथा शिक्षकहरूले मङ्सिर २४ गते थाहा पाएको विद्यालय प्रधानाध्यापक शाहीले जानकारी दिनु भयो ।

विद्यालय तोडफोड भएको भन्दै तोडफोड गर्ने अज्ञात पक्षको खोजी कार्यका लागि मंसिर २४ गते धारापोरी प्रहरीलाई उजुरी गरेको शाहीले जानकारी दिनु भएको हो । घटनामा संगलन अज्ञात पक्षको खोजी कार्य भइरहेको धारापोरीचौकीका हवाल्दार नारायण प्रसाद पौडेलले बताउनु भएको छ ।

अन्य

भिडियो