१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–२ का २४ वर्षीय सुजन राईलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ जेठ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तेजबहादुर दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २० गते गरिएको छ ।