४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–३ जानकीगरका ५१ वर्षीय लक्ष्मण खडकालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडित महिलाले मङ्सिर १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
आरोपित जग्गा व्यापारी भएको र जग्गाको विषयमा कुरा गर्न बोलाएर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे पीडितले बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।