ताँजाकोट गाउँपालिका–४ गल्वावाडा घर भई हाल अदानचुली गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा कार्यरत ३५ वर्षीय मनदत्त ढकाललाई अदानचुली गाउँपालिका–५ काँखेका स्थानीय २२ वर्षीय यामराज शाहीले मङ्सिर १५ गते हातपात गरेको पीडित पक्षको आरोप छ ।
वडा नम्बर ५ को काँखे प्राथमिक बिद्यालयमा रिक्त रहेका करार कोटा पदपुर्ति गर्न अनुमतीको बिषयलाई लिएर कार्यकक्षमै आएर हातपात गर्नुका साथै कार्यालयमा रहेका भौतिक सामग्रि तोडफोड गरेको प्रमुख ढकालले आरोप लगाउनु भएको छ ।
उक्त सिफारिस यस अघि नै गाउँपलिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले दिई सकेकाले आफुसँग सिफरीस लिन नआएको र एक्कासी हातपात गरेको शाखा प्रमुख ढकालको भनाई छ ।
प्रकृया नपुगाएर फोनकै भरमा सिफरीस माग्ने गरेको तर बिद्यालय ब्यबस्थापन समितिको निर्णय सहित कार्यालयमा आइसकेको उहाँले बताउनु भयो । हातपात भए पनि आफुलाई चोटपटक भने नलागेको ढकालले बताउनु भएको छ ।
भदौ महिनादेखि खाली भएको उक्त दरबन्दी हालसम्म पनि अनुमति नदिएर रोक्न खोजेको भन्दै एक्कासी कार्यालायमा राखीएका सामाग्रीहरू उठाएर शाखा प्रमुख ढकाललाई हान्दा ढकाललाई चोटपटक नलागे पनि अन्य साामाग्रीहरु भने तोडफोड भएको अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनु भएको हो ।
हातपात र तोडफोडको खबर पाए लगतै शाखामा पुगेर अवलोकन गरि रहेको गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भएको छ । उक्त घटना भए लगत्तै शिक्षा शाँखा प्रमुख मनदत्त ढकालले मङ्सिर १६ गते प्रहरी चौकी श्रीनगरमा उजुरी गरेको असई कर्ण बुढाले बताउनु भएको छ । पीडितको उजुरीका आधारमा घटनाको अनुसन्धान भई रहेको असई बुढाको भनाई छ ।