गुलरिया नगरपालिका– १ की २६ वर्षीया नानकला बस्नेतलाइ कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति २७ वर्षीय बोधराज बस्नेतलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादमा भगडा हुँदा मङ्सिर १२ गते आरोपितको कुटपिट घाइते भएकी नानकलालाई उपचारकालागि बर्दिया अस्पताल गुलरिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा मृतक पक्षले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले बताउनु भयो ।
शवको पोष्टमार्टम मङ्सिर १२ गते बर्दिया अस्पतालमा गरी शव आफन्त बुझेको डिएसपी बोहराले बताउनु भयो ।