INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ की पीडित मनिसा थापालाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०७९ मङ्सिर ८ गते पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।

श्रीमानले परपुरुषसँग लागेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात पीडितलाई प्रहरीले १८ दिन हिरासतमा राखेको समेत गुनासो गर्नु भएको छ  । हिरासतबाट पीडित थापाको वहिनीको जिम्मा लगाएर प्रहरीले पठाएको थियो । घरमा आएको खण्डमा वहिनी र दिदी दुवैजनालाई ज्यानमार्ने धम्की दिएको र श्रीमानले पहिला देखी नै कुटपिट गर्दै आएका समेत पिडित थापाले इन्सेकलाई दिएको निवेदनमा उल्लेख छ ।

आर्थिक अवस्था कमजोर भई न्यायिक प्रकृयामा जान नसकेको भन्दै पीडितले ०७९ भदौ १२ गते मानव अधिकार सहायता कक्षमा सहयोगका लागि निवेदन दिनु भएको थियो । पीडितको निवेदन सम्बन्धमा मानव अधिकार सहायता कक्षको कात्तिक १५ गते बसेको निर्णय अनुसार पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।

पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भएको छ ।

PhotoSurkhet20221125

अन्य

भिडियो