INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार माथि माओवादी केन्द्रका कार्यकर्ताद्धारा आक्रमण

रास्कोट नपा -७ निवासी कालिकोट जिल्ला प्रतिनिधिसभा प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेद्धवार ५५ वर्षीय कासीचन्द्र बराललाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका छन । आफ्नो गाउँ नजिकै दलित बस्तीमा एक घरमा बसिरहेको अवस्थामा माओवादी केन्द्र निकट वाइसिएल जिल्ला सदस्य ध्वजबहादुर शाही नेतृत्वमा आएको ११ जनाको समुहले आक्रमण गरि हातपात गरेको पीडितले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी गराउनु भएको छ ।

दलित बस्तीमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका उम्मेद्धवार महेन्द्र शाहीको विरुद्धमा चुनावमा स्वतन्त्र उम्मेदवार हुने भन्दै आक्रमण गरेको आरोप पीडित बरालको रहेको छ ।
हातपातपछि सामान्य चोट लागेका कारण स्थानीय मेडकिलमा उपचार गरिएको पीडितले बताउनु भएको छ । घटनाका वारेमा कालिकोटका प्रहरी प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले घटना लगत्तै प्रहरी टोलि खटाएर र थप जानकारी लिने वताउनु भयो ।

अन्य

भिडियो