INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पूर्वको अवस्थाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले  निर्वाचन पूर्वको अवस्थाका बारेमा मङ्सिर १ गते  जिल्लाका सरोकारवालाहरूसँग अन्तरक्रिया तथा निर्वाचनको तयारीका बारेमा जिल्लाको अनुगमन गरेको छ ।

कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले अनुगमन तथा छलफलको उदेश्यको बारेमा प्रमुख जिल्ला अधिकारी, सहायक निर्वाचन अधिकृत एवं सरोकारवालाहरूलाई जानकारी गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्वाचन पूर्वको तयारीको बारेमा बताउदै जिल्लामा ८६ ओटा मतदान स्थल तथा १ सय ७५ ओटा मतदान केन्द्र रहेका र जसमा दुई वटा अस्थायी मतदान केन्द्र रहेको जानकारी गराउनु भयो ।

जिल्लाको १० ओटा स्थानीय तह मध्ये ६ ओटा स्थानीय तहमा मत पत्र पुगिसकेको तथा बाँकी चार ओटा स्थानीय तहमा  मङ्सिर १ गते मतपत्र पुग्ने जानकारी गराउनु भयो ।

जिल्लाको सुरक्षा ब्यवस्थापनको बारेमा कुरा प्रजिअ सापकोटाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गृह मन्त्रालयले पारित गरेको केन्द्रिय सुरक्षा योजनालाई मार्गदर्शनकोरुपमा लिएर जिल्लाका चारैवटा सुरक्षा निकायलाई सुरक्षा कार्ययोजना बनाएर व्यवस्थापन गरिएको बताउनु भयो ।

शान्ति सुरक्षाको बारेमा जानकारी जिल्लामा हालसम्म कुनै त्यस्तो चुनौती नदेखिए  पनि विगतमा यहाँ द्वन्द्वको अवस्था भएकाले कही कतै हातहतियार प्रयोग हुन्छ की भन्ने सुरक्षा समितिले आकलन गरेको र सोही अनुुसार कार्ययोजना बनाएको सापकोटाको भनाइ रहेको छ ।

मूख्य निर्वाचन कार्यालयका  सहायक निर्वाचन अधिकृत प्रेम खड्काले मतपत्रहरू अधिकांश स्थानीय तहमा पुगिसकेको तथा मतदान अधिकृतहरू लगायत निर्वाचनमा खटिएका कर्मचारीहरू कार्यस्थलमा गइसकेको र केही जाने क्रममा रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले आसन्न निर्वाचनमा नेत्रबिक्रम चन्द – विप्लव) नेतृत्वको नेकपाले मतदाताहरू कही कतै त्रसित रहेता पनि हालसम्म कुनै पनि हिंसात्मक घटनाहरू नभएको बताउनु भयो ।

कार्यक्रममा इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी ,इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधि कृष्ण गौतम, इन्सेक लुम्बिनी प्र्रदेश संयोजक भोला महत, इन्सेक रोल्पा प्रतिनिधि तिलक घर्तीमगरलगायत नागरिक समाज, पत्रकारको उपस्थिति रहेको थियो ।

photo2022111701rolpa

अन्य

भिडियो