INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेसर कुकर बम बनाउने बेलामा बिष्फोट हुँदा दुई जना घाइते, दुई वटा प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

नेपालगञ्ज उपमनपा–१० भृकुटीनगरमा आफैले बनाउन लागेको प्रेसर कुकर बम बिष्फोट हुँदा दुई जना घाइते भएका छन् । बनाएर राखेको दुई वटा प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरूमा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा क्रन्तिकारीका जिल्ला अध्यक्ष २७ वर्षीय डिल्ली डिसी, ३३ वर्षीय धर्मराज सुनार रहेका छन् । घाइते दुबै जनालाई नेपालगञ्ज  मेडिकल कलेजको आइसियु राखेर उपचार भइरहेको छ ।

उनीहरूको कोठाबाट, पर्चा,पम्पलेट, चन्दा माग गरेको रसिद र ब्यानर मरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्ती मगरले इन्सेककर्मीसँगको कुराकानीमा बताउनु भयो ।

अन्य

भिडियो