१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत, मोतिहारी जिल्ला घरभइ ललितपुर महानगरपालिका–३ सानेपा बस्ने २० वर्षीय रेहान सेकलाई प्रहरीले ०७९ कात्तिक २८ गिरफ्तार गरेको छ ।
बालिकालाई ललाई फकाई निवासमा लगि कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले ०७९ कात्तिक २८ गते जिल्ला प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।
आरोपितलाई जिल्ला अदालतबाट कात्तिक २८ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी सुधिर राज शाहीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २८ गते नै पाटन अस्पताल गरियो ।