INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम  कात्तिक १७ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तथा जिल्ला सहजकर्ताको लागि आधारभूत मानव अधिकार, घटना अभिलेख र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षण सम्बन्धी  अभिमुखिकरण गरिएको छ ।

कार्यक्रममा इन्सेक  अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले वर्षौँदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अभियानको लक्ष भनेकै पीडितलाई न्यायको पहुँच रहेको बताउनु भयो ।

Image (1)

श्रेष्ठले नेपाल मानव अधिकार  वर्ष पुस्तकको महत्व र इन्सेक जिल्ला प्रतिनिधिको कामले पु¥याउने सहयोगबारे उल्लेख गर्दै मानव अधिकारको उल्लङ्घन र ज्यादतीका घटनामा पीडितलाई न्याय दिन इन्सेकको अग्रणि भूमिका रहेको बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन पर्यवेक्षण कार्य महत्वपूर्ण र सम्वेदनशील भएको बताउदै इमान्दारीका पर्यवेक्षण र अभिलेख राख्न निर्देशन दिनु भयो ।

Photo20221103Banke

निर्देशक गौतमले पर्यवेक्षण कार्यमा पर्यवेक्षकले सुक्ष्म तरिकाले अनुगमन गर्नुको साथै आचार संहिता उल्लङ्घनका घटनाहरू अभिलेख गर्न सुझाउनु भयो ।

मानव अधिकार शिक्षा कार्यक्रम प्रमुख मदन पौडेलले इन्सेकले गर्ने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको स्थलगत अध्ययन प्रतिवेदनको महत्व र यसको दीर्घकालीन महत्वको बारे जानकारी गराउदै इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रमको माध्यमबाट सामाजिक न्यायकालागि काम गर्दै आएको बताउनु भयो ।

इन्सेकका पूर्व महासचिव तथा प्रध्यापक डाक्टर कुन्दन अर्यालले निर्वाचन पर्यवेक्षण तथा मानव अधिकार अनुगमन र प्रतिवेदन लेखनमा सहजिकरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

इन्सेक व्यवस्थापन प्रमुख सुवेच्छा खड्काले इन्सेकद्वारा सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।

मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमकी सम्झा श्रेष्ठले मानव अधिकारको ऐतिहासिक विकासक्रम तथा संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार बारे सहजिकरण गर्नु भएको थियो ।

Image

इन्सेक अनलाइनका सम्पादक रमेश तिमिल्सिना र आर्या अधिकारीले निर्वाचन पर्यवेक्षण, पर्यवेक्षकको भूमिका तथा आचार संहिताको बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश संयोजक  ,प्रलेख अधिकृत, फोकल पर्सन, जिल्ला प्रतिनिधि, जिल्ला सहजकर्तालगायतको सहभागीता रहेको थियो ।

अन्य

भिडियो