पाँचखपन नगरपालिका–३ फच्याङकी ३० वर्षीया उर्मिला रोक्का सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति जीवन रोक्कालाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १० गते खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
पत्नी हत्याका विषयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको डिएसपी गोदारले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी पाँचखपन नगरपालिका–३ फच्याङमा सद्गत गरेको छ ।