जिल्लाका १ सय ४२ मध्ये ३५ मतदानस्थल अति सम्वेदनशील रहेका छन् । त्यस्तै ६७ मतदान स्थल सम्वेदनशील र ४७ मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनु भयो ।
पौडेलका अनुसार अहिले गुल्मी कारागारमा अस्थायी केन्द्र थप हुँदैछ । गुल्मीमा १ सय ४२ मतदान स्थल र दुई सय ७८ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं १ को (क) मा ४५ र (ख) मा ३६ गरेर ८१ मतदान स्थल तथा प्रतिनिधि सभा क्षेत्र नं १ को (क) मा ७५ र (ख) मा ७५ गरेर एक सय ५० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुवरले जानकारी दिनु भयो ।
यसैगरी, प्रतिनिधि सभा क्षेत्र नं २ को (क) मा २९ र (ख) मा ३२ गरेर ६१ मतदान स्थल तथा प्रतिनिधि सभा क्षेत्र नं १ को (क) मा ६२ र (ख) मा ६६ गरेर १ सय २८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।