INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

ब्यास नगरपालिका–१२ की २५ वर्षीया विपना लामिछानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति प्रदिप लामिछानेलाई असोज २६ गते बिहान गिरफ्तार गरेको छ ।

घरायसी विवादको क्रममा प्रदिपले पत्नी विपनालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते हुनुभएकी विपनालाई छिमेकीले उपचारको लागि जिल्ला अस्पताल लगेका थिए ।

टाउकोमा चोट लागेकी पीडितको उपचार दमौलीस्थित जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज खड्काले बताउनु भयो ।

छिमेकीको मौखिक उजुरीपछि प्रदिपलाई गिरफ्तार गरिएको डिएसपी खड्काले बताउनु भयो ।

अन्य

भिडियो