५५ वर्षीया महिलालाई असोज १८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–८ का २८ वर्षीय सुलबहादुर गुरुङलाई असोज २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले आरोपितविरुद्ध असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा असोज २६ गते नै गरिएको छ ।