गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशादेवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति रेविया सदालाई असोज १० गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा असोज १० गते बेलुका मादक पदार्थ सेवन गरी ढुङ्गाको चिप्लौटाले प्रहार गरी पत्नी आशादेवी सदाको हत्या गरेको प्रहरी समक्ष आरोपित रेविया सदाले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताउनु भयो ।
आरोपितविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताउनु भयो ।
शवको पोष्टमार्टम जनकपुरस्थित प्रादेशिक अस्पतालमा असोज ११ गते गरिएको छ ।