INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

सामुहिक बलात्कारबाट पीडित १५ वर्षीया बालिकाको न्यायीक प्रक्रियामा सहयोग पुगोस भन्ने उद्धेश्यकले इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले असोज १२ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

दशरथ चन्द माध्यमिक विद्यालयस्तरीय बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक गणेशबहादुर बम र माइती नेपाल, धनगढीका संयोजक शिवचरण चौधरीले पीडित परिवारको आर्थिक अवस्था कमजोर भएका कारण न्यायिक प्रक्रियामा जान समस्या भएको भन्दै इन्सेकलाई सिफारिस पत्र पठाएपछि इन्सेक सुदूरपश्चि प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले पीडितकी आमालाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ सहयोग प्रदान गर्नु भएको हो ।

बालिकालाई भदौ २१ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षीय हिमाल सापकोटा, २१ वर्षीय यशु सापकोटा, १८ वर्षीय नविन कुँवर, घोडाघोडी नगरपालिका–२ साडेपानीका १८ वर्षीय बसन्त विष्ट र घटनामा सहयोग गरेको आरोपमा सोही ठाउँकी १७ वर्षीया बालिका विरुद्ध भदौ २३ गते इलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनु भएको थियो ।

घटनामा संलग्न आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको इलाका प्रहरी कार्यालय, सुख्डका डिएसपी लक्ष्मणबाहादुर शाहीले बताउनु भयो ।

घटनापश्चात बालिकाको मानसिक अवस्था नै ठिक नभएपछि पीडितको सुरक्षा र मानसिक उपचारका लागि इन्सेकले माइती नेपालसँग समन्य गरेपछि पीडितलाई माइती नेपालको सुरक्षित आवस गृहमा राखिएको माइती नेपाल, धनगढीका संयोजक शिवचरण चौधरीले बताउनु भयो  ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस भन्नका लागि इन्सेकले पीडितहरुका पक्षका वकालत तथा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

अन्य

भिडियो