INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मिथिलाविहारी नगरपालिका–५ ललिया बस्ने ४५ वर्षीया जिवछी देवी मण्डललाई कोदोलो प्रहार गरी हत्या गरेका आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ५० वर्षीय पति रामा मण्डल केवटलाई असोज ९ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादको क्रममा असोज ४ गते आरोपितले पत्नी जिवछी देवीलाई घर नजिकैको बाँसघारीमा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको आरोप छ ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा असोज ९ गते पत्नीको काजक्रियामा बसेको अवस्थामा आरोपितलाई घरबाटै गिरफ्तार गरेको हो । शवको प्रादेशिक अस्पताल जनकपुरमा असोज ४ गते पोस्टमार्टम गरिएको छ ।

आरोपित रामा मण्डल र मृतक जिवछी देवीको २२ वर्षीय छोरा विनय मण्डल र कान्छो छोरा २० वर्षीय संजय मण्डल वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको छ ।

घरायसी कामकाजको क्रममा ऋण लागेकोमा जेठो छोराले अन्दाजी १८/२० लाख रुपियाँ, विवाहमा दाइजो पाएको मोटरसाइकल तथा पत्नीको गरगहनासमेत बेची ऋण तिरेका थिए ।

कान्छो छोरा संजय मण्डल हाल विदेशबाट कमाएको पैसा आमा जिवछी देवी मण्डललको नाममा पठाउँदै गरेकोले बाँकी रहेको ऋण तिर्न पति रामा मण्डल केवटलाई असहयोग गरेको भन्दै पति र पत्नी बिचमा विवाद भई घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनु भयो ।

अन्य

भिडियो