३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्र्दै जिल्ला अदालतले गोलबजार नपा¬–३ का २८ वर्षीय सञ्जय भनिने विष्णु साहलाई ७ वर्ष ६ महिना कैदको फैसला असोज ६ गते गरेको छ ।
न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । साथै पीडितलाई ५० हजार रुपियाँ आरोपितबाट क्षतिपुर्ति भराउने फैसला गरिएको छ ।
पीडित महिलालाई साहले ०७८ वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा वैशाख १० गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख १० गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले साहलाई वैशाख १० गते गिरफ्mतार गरी जिल्ला अदालत पेश गरेकोमा अदालतले जेठ ३ गतेदेखि पुर्पक्षका लागि थुनामा पठाएको थियो ।