१७ वर्षीया बालिकाको जन्म दर्ता र नागरिकता बनाउनका लागि इन्सेक नेपालगञ्जले असोज ७ गते आर्थिक सहयोग गरेको छ ।
रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका–२ माइती घर भएकी बमकुमारी शाहले वर्षीया छोरीको नागरिकता र जन्म दर्ता पति झापा जिल्ला सुन्दर हरैचा नगरपालिका–१२ बस्ने ५२ वर्षीय सुकवीर लामाले नबनाइ दिएको भन्दै इन्सेक नेपालगञ्जमा असोज ६ गते निवेदन दिनु भएको थियो ।
सुकवीर लामासँग २०६० फागुन १६ गते विधिवतरुपमा नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा विवाह भएको र २०६१ फागुन १६ गते छोरीको जन्म भएपछि पति सम्पर्क विहीन रहेको पटक पटक पत्ता लगाई सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको पीडितले बताउनु भयो ।
बर्दिया गुलरिया नगरपालिका मामाघरमा बसेर अध्ययन गर्दै आएकी बालिकाको जन्म दर्ता र नागरिकता नभएका कारण छात्रवृतिलगायत सरकारी सेवाबाट वञ्चित भएको बमकुमारीले बताउनु भयो ।
आर्थिक सहयोग वापत १० हजार रूपियाँ इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले पीडितलाई हस्तान्तरण गर्नु भएको थियो ।
अन्यायमा परेकाहरूको न्यायमा पहुँच बढाउन सहयोग गरेको इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले बताउनु भयो ।