अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश दिवाकर भट्टको असोज ६ गतेको इजालासले ६ वर्ष कैद सहित २० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने गरी सजाय निर्धारण गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनु भयो ।
पीडित बालिकालाई खत्रीले ०७७ चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ चैत १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १८ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।