काठमाडौँको कागेश्वरी नगरपालिका–८ गोठाटारमा ०७९ असोज ३ गते गोली प्रहारबाट घाइते भएका सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको मृत्यु भएको छ ।
टाउको, कोखा र तिघ्रामा गोली लागेका मोहम्मदको प्राथमिक उपचारका लागि शंखरापुर अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल लैजाँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीलका अनुसार आक्रमणकारीको गोली प्रहारबाट मारिएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले घटनास्थलबाट एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोली बरामद गरेको मैनालीले बताउनुभयो ।
एसपी मैनालीले अनुसार गोली हान्ने आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लगाईसकेको र आरोपितको खोजी कार्य भई रहेको इन्सेक प्रतिनिधिसँग उल्लेख गर्नुभयो ।