रोशी गाउँपालिका–७ की ३१ वर्षीया साइली बिश्वकर्मालाई खुकुरी प्रहार गरेको आरोपमा पति ३२ वर्षीय राजकुमार बिश्वकर्मालाई प्रहरीले ०७९ असोज १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई असोज १ गते रोशी गाउँपालिका–११ भीमखोरीस्थित माइती घरमा खुकुरी प्रहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले सोही दिन घरैबाट गिरफ्तार गरेको हो ।
आरोपित विश्वकर्माले शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो ।
डिएसपी नेउपानेका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपाचार भईरहेको छ ।