INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पनौती नपा–४ खरिबोटका ३५ वर्षीय आसाकाजी श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ ।

जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ भदौ ३१ गतेको इजलासले श्रेष्ठलाई कसुर ठहर गर्दै १२ वर्ष कैद र एक लाख रुपियाँ जरिबानाको फैसला गरेको हो ।

पीडित बालिकालाई ०७६ फागुन ४ गते बलात्कार गरेको भन्दै पक्षले श्रेष्ठविरुद्ध फागुन ७ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण शीरमेमोरियल अस्पताल बनेपामा फागुन ७ गते गरिएको थियो ।

श्रेष्ठलाई जिल्ला अदालतले ०७६ फागुन २८ गते दिएको आदेश अनुसार पुर्पक्ष लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो