१५ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले तेमाल गाउँपालिका–२ का ४७ वर्षीय आसमान तामाङलाई १२ वर्ष कैद र एक लाख रुपौया जरिवाना फैसाला सुनाएको छ ।
जिल्ला न्यायाधीश जिल्ला न्यायधीश रिताकुमारी बख्रेलको ०७९ भदौ ३० गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १२ वर्ष कैद र एक लाख रुपियाँ जरिबानाको फैसला गरेको हो ।
पीडित बालिकालाई २०७९ बैशाख २५ गते तामाङको घरैमा बलात्कार गरेको भन्दै पीडित बालिकाको आमाले तामाङविरूद्ध ०७९ जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा जेठ १२ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले तामाङलाई जेठ १२ गते जिल्ला अदालतमा पेश गरी जबरजस्ती बलात्कार गरेको कसुरमा मुद्दा दर्ता गरेको थियो ।