१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–१ का २० वर्षीय विकास लिम्बूलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कारको गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी तेजबहादुर दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २३ गते गरिएको छ ।