INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नगरपालिका–१३ गौरिशङ्करका ३५ वर्षीय हेमबहादुर श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ १९ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ १० गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । आरोपित श्रेष्ठ घटनापछि फरार रहेकोले खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रोशन थापाले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १९ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको इन्स्पेक्टर थापाले जानकारी दिनु भयो ।

अन्य

भिडियो