INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका व्यक्तिको सम्झनामा रक्तदान कार्यक्रम

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सुर्खेतको वीरेन्द्रनगरमा ०७९ भदौ १९ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, प्रगतिशिल मानव अधिकार रक्षक सञ्जाल र नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जालले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा सुर्खेतसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका पूर्व सदस्य डाक्टर दिपेन्द्र रोकायाले अर्काको ज्यान बचाउनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुुभयो । अन्य सङ्घ संस्थाले पनि यस्ता खालका कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिनुुभयो ।

बलपूर्वक बेपता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवस ३० अगष्टको सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।

कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी र अन्य नागरिक सङघ, संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Photosurkhet20220905

अन्य

भिडियो