महागढीमाई नगरपालिका–३ मद्रासा टोल गंजभावानीपुरकी २५ वर्षीया सहनाज खातुनको हत्या भदौ १६ गते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर रुद्र कडेलको कमाण्डमा रहेको प्रहरी टोलीले २७ वर्षीय पति सैमोदिन अन्सारी र २५ वर्षीया जेठानी अप्सना खातुनलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण सहनाजलाई आरोपित पति र साइली जेठानीले भदौ १६ गते राति मुखमा कपडा कोची घाँटी थिचेर हत्या गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
टाउकोमा चोट लागेकाले परिवारका सदस्य मिलेर हत्या गरेको आरोप माइती पक्षको रहेको छ । साइला भाइ वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
हत्या घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले बताउनु भयो ।
मृतकको टाउकोमा चोट लागेको र घाँटीमा निलडाम भएको अवस्थामा प्रादेशिक अस्पतालले शव परीक्षण गर्न नसक्ने मेडिकल सुपरिटेण्डेण्ट सुनिल जयसवालले बताउनु भयो ।
प्रादेशिक अस्पताल कलैयाको सिफारिस अनुसार शवको पोष्टमार्टम गर्न भदौ १६ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ पठाइएको एसपी होबिन्द्र बोगटीले बताउनु भयो ।