बलात्कार पीडित १६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले भदौ १६ गते आर्थिक सहयोग प्रादन गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेकोले न्यायिक प्रक्रिया जानका समस्या भएकोले आर्थिक सहयोग गरी दिन भन्दै पीडित पक्षले इन्सेक नेपालगञ्जमा भदौ २ गते निवेदन दिनु भएको थियो ।
पीडितलाई साउन २७ गते राप्ती सोनारी गाउँपालिका –५ का २० वर्षीय सुनिल थारूले बलात्कार गरेको भन्दै पीडितले पक्षले आरोपित विरूद्ध भदौ २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय धामपुरले आरोपितलाई भदौ २ गते राप्ती सोनारी गाउँपालिका–४ पसरामपुरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते भेरी अस्पतालमा गरिएको थियो ।
कानुनी प्रक्रियामा जानकालागि यात्रा खर्च पनि जुटाउन नसकेको अवस्थामा इन्सेकको सहयोगले सहज बनाएको पीडितका बुवाले बताउनु भयो ।
पीडितलाई इन्सेक प्रदेश संयोजक भोला महतले १० हजार रूपियाँको चेक प्रदान गर्नु भएको थियो ।