INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदीय समितिमा

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले भदौ १७ गते विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेपछि विधेयक समितिमा पुगेको हो ।

यो विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

एमालेका सांसदहरुले हत्या, यौनजज्य हिंसा, अपहरण तथा शरीर बन्धक र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरीत गरिएका अमानवीय कार्यलाई मानव अधिकारको गम्भीर उल्लङ्घनमा राख्नुपर्ने भनी संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसदहरुले बेपत्ता पारिएका व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके बेपत्ता योद्धा घोषणा गर्नुपर्ने भनी संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

अन्य

भिडियो