१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्य नेपाल नगरपालिका–४ दुइपिप्लेका २८ वर्षीय सागर बोटेलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।