INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावमा उपचारबाट बञ्चित बालक बाँधिएर बस्न बाध्य

आर्थिक अभावका कारण उपचारबाट बञ्चित ११ वर्षीय बालक बाँधिएर बस्न बाध्य छन् ।

सत्यवति गाउँपालिका– ५ हँसराका ११ वर्षीय रामु बुढाथोकी  सात/आठ वर्षदेखि कच्ची घरको बलेनीमा झुण्डिएरै बस्न बाध्य छन् ।

कमल बुढाथोकीका जेठा छोराकोरुपमा जन्मिएका रामु जन्मिएको साढे दुई वर्षदेखि  अनौठो स्वास्थ्य समस्या देखिएको थियो । रामुलाई पढ्ने, खेल्ने उमेरमा खुट्टा बाँधेर राख्नु परेको छ ।

रामु पीडाले छटपटाउँदा टाउको बेस्सरी ठोक्छन् । जसका कारण निधार भरी  चोट छ । आफ्नै शरिर चिमोट्ने र कोपार्ने गरेका कारण जताततै निलडाम छन् ।

कमलले छोरालाई सानै उमेरदेखि स्वदेश तथा भारतमासमेत उपचार गर्न लैजानु भयो । तर, छोटो समयमा उपचार भएन । लामो उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन सकेन ।

photo2022082202gulmi

आफूले १७ वर्ष भारतमा कमा गरेर कमाएको रकमसकिएपछि कुनै उपाय नभएकाले बाध्य भएर घरमै बाँधेर राख्न थालेको बुढाथोकीले गुनासो गर्नुभयो ।

’म भारतमा जागीरमा हुँदै छोरा बिरामी पर्न थाल्यो त्यसैका कारण काम छोडेर आएँ । कमाई राम्रो भएकाले सक्नेसम्मको उपचार पनि गरे तर, छोरालाई बीसको उन्नीस भएन ।,’ कमलले भन्नु भयो ।

कमलको परिवार हँसराको लेकको रुखो बारी छोडेर खोलाखेत स्थानीय टेकराम ढकालको घरमा बसेर ज्याला मजदुरीबाट परिवारको पालन पोषण गर्दै आएका छन् ।

छोराको उमेर बढ्दै र समस्या झन बल्झिदै गएको छ । कच्ची घरमा पाँच वर्षको कान्छो छोरा र ११ वर्षको बिरामी छोरालाई एक जनाले कुर्नु पर्ने बाध्यता छ ।

सरकारकै सक्रियतामा बालकको उपचार आवश्यक रहेको छिमेकी लिला क्षेत्रीले बताउनु भयो । बुढाथोकी परिवारबाट उपचार सम्भव नभएकाले सबैको पहलमा बालकको उपचार गराउनु पर्ने क्षेत्रीले जोड दिनु भयो ।

अन्य

भिडियो