सुलिकोट गाउँपालिका-३ स्वाँराको जङ्गलमा लुकाएर राखेको अवस्थामा सकेट बम फेला परेको छ । वैशाख २५ गते बिहान स्थानीय व्यक्तिहरूले ढुङ्गाको ओडारमुनि शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि सोही सूचनाको आधारमा गएको प्रहरी टोलीले बोरा भित्र खिया लागेको अवस्थामा सकेट बम फेला पारेको जिल्ला प्रहरी कार्यलयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।
डिएसपी थापाले बम निष्क्रृय बनाउन नेपाली सेनाको टोली अहिले स्वाँरातर्फगएको बताए । बम कति सङ्ख्यामा छन् भन्ने बारेमा नेपाली सेनाको टोली पुगेपछि थाहा हुने र सो घटनाका बारेमा प्रहरीका तर्फबाट घटनाको अनुसन्धान भइरहेको डिएसपीको भनाइ छ ।