INSEC Online

📅 २०८३ जेष्ठ २१

हातपात गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद बस्नेतले आफूलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ५२ वर्षीय राजु थापाले भदौ ९ गते हातपात गरेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ का सभापति बस्नेतले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा थापाको नाम सिफारिस नगरेको भन्दै थापाले हातपात गरेको आरोप लगाउनु भएको हो ।

सरकारले मङ्सिर ४ गतेका तय गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा थापाको नाम प्रदेशको समानुपातिक सांसदको सूचीमा नाम सिफारिस नगरेको भन्दै हातपात गरेको पीडितको आरोप छ ।

आरोपित थापाले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्याएर सिफारिस आउनु पर्ने बताएपछि आफूमाथि हातपात भएको बस्नेतको आरोपछ छ ।

बस्नेतले हेलाहोचो गरी बोलेका कारण हातहालाहालको अवस्था भएको आरोपित राजु थापाले बताउनु भयो ।

थापाले क्षेत्र नम्बर ४ को ख बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले नमानेको विषयमा विवाद भएको बताउनु भयो ।

समानुपातिक सूचीमा क्षेत्रले सिफारिस गर्नका लागि प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस आउनुपर्ने बताएपछि थापाले हात हालेको बस्नेतको आरोप छ ।

आरोपितविरूद्ध कानुनी कारबाहीका लागि कहीँकतै उजुरी नदिएको बस्नेतको भनाइ छ ।

अन्य

भिडियो