३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेलेका ३४ वर्षीय इन्द्र नगरकोटीलाई प्रहरीले ०७९ भदौ ४ गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ललाइ फकाइ आरोपितको निवासमा लगि ०७९ भदौ २ गते साँझ बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ भदौ ३ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट भदौ ५ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सुधिरराज शाहीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते पाटन अस्पताल गरियो ।