INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका–७ घर भई गौशाला नगरपालिका–५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थामको प्रबन्धक पदमा कार्यरत ३५ वर्षीय शत्रोधन यादवलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गौशालामा सोही दिन उजुरी दिएकी छिन् ।

पीडित महिलाले १३ हजार ५ सय रुपियाँ रकमको प्रलोभन समेत दिएर बलात्कार गर्न खोजेपनि आफू प्रतिकार गर्दै त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय गौशालामा पुगेर उजुरी दिएको बताइन् ।

आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा साउन ३१ गते गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सन्दर्भमा सहकारीकी अध्यक्ष सुनिता चौधरीले आरोपितमाथि यस्तो आरोप पहिलेदेखि पनि आइरहेको हुँदा घटनाको छानविन गरी कानुनी कारबाहीको माग गर्नु भएको छ ।

अन्य

भिडियो