सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ३० गते सम्पत्तिको विवादमा भाउजुको गर्धनमा छुरा प्रहार गरेका थिए ।
घाइते भएकी महिलालाईरुपन्देहीको भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पीडित पक्षले आरोपित विरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाका छन् ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
सम्पत्ति विवाद हुँदा छुरा प्रहार गरेको पीडितकी आमा सुशिला खड्काले बताउनु भयो ।