INSEC Online

📅 २०८३ जेष्ठ २१

नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको राससले जनाएको छ ।

गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा वैशाख २३ गते साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरूको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

माओवादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन् । इँटा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फुटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । साँझ पौने छ बजेतिर माओवादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेको बताइएको छ ।

नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादी केन्द्रले आक्रमण गरेके कुमालले अरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरूले आक्रमण नगरेको माओवादी केन्द्र गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण रानाले बताए ।

अन्य

भिडियो