४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्धारी नगरपालिका – ३ का ५८ वर्षीय रविलाल खनाल विरूद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले साउन १२ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भया ।
आरोपित घटना लगत्तै फरार रहेको र खोजी कार्य भइरहेको इन्सपेक्टर विकले बताउनु भयो ।
घरमा एक्लै बसी रहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडित पक्षले बताएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।