१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १० गते प्रलोभनमा पारी खरबारीमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनु भयो ।
आरोपितले बालिकालाई फकाएर बलात्कार गरेको र बालिकाको स्वास्थ्यमा समेत असर परेकोले कडा कारबाही हुनु पर्ने माग गरेको पीडितका आफन्तले जानकारी दिनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।