INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख २० गते राति तीन जनालाई गिरफ्तार गरेको छ ।

मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबरजस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झण्डा गाड्नेलगायतका काम गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इलाका इञ्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले जानकारी बताए ।

अन्य

भिडियो